बेहडाबाबामा नोभा हस्पिटल र जागृती फाउन्डेसनद्वारा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न


अत्तरिया : धार्मिक स्थल बेहडाबाबाको गंगा दशहरा मेलामा धनगढीमा रहेको नोभा हस्पिटल र जागृती फाउन्डेसनको सयुक्त आयोजनामा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

चार दिनसम्म लागेको बेहडाबाबा गंगा दशहरा मेलामा नोभा हस्पिटल र जागृती फाउन्डेसनको सयुक्त आयोजनामा निस्शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा सय भन्दाबढी दर्शनार्थीहरुलाई निस्शुल्क स्वास्थ्य चेकजाँच तथा निस्शुल्क औषधि उपलब्ध गरेको अस्पतालले जनाएको छ ।

लामो समययता नोभा हस्पिटलले धनगढीमा विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0