विद्युत प्राधिकरण सुदूरपश्चिमले ९ वटा कम्पनीसँगको भइएको ठेक्का सम्झौता रद्द गर्दै


अत्तरिया : नेपाल विद्युत प्राधिकरण सुदूरपश्‍चिम प्रादेशिक कार्यालयले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ ।

ठेक्का सम्झौता गरेका निर्माणकर्ताले पटक(पटक लिखित तथा मौखिक जानकारी गराउँदा निर्माण कार्य नगरेको र सन्तोषजनक कार्य नभएको प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।कार्यालयले सम्झौता रद्द गर्न नपर्न कुनै मनासिव कारण भएमा सात दिनभित्र निर्माण व्यवसायी तथा आपूर्तिकर्ता स्वयम् उपस्थित भइ स्पष्टीकरण दिन आग्रह गरेको छ ।

भाग्यलक्ष्मी कन्ट्रक्सन धनगढी ३ कैलाली, सताकृ खिम्ती कन्ट्रक्सन रामेछाप, सुनिता एण्ड कविता एएस जेभी भक्तपुर र उप्रती पोल एण्ड पायप इन्ड्रस्ट्रिज प्रालि बाँकेले निर्माण कार्यको जिम्मा पाएका थिए ।

रेनु निर्माण सेवा एण्ड रोयल कन्स्ट्रक्सन प्रा। लि, जे।भी, बाजुरा तथा बझाङ जिल्लामा ११/०.४-०.२३ केभी लाइन निर्माण तथा ट्रान्सफर्मर जडान कार्य, राजेन्द्ररउदयदेव,लक्ष्मीदुर्गा जेभी डडेल्धुरा तथ कैलाली जिल्लामा बैजनाथ, सिद्धनाथ तथा ओम विरभद्र ग्राविसको लाइन वितरण निर्माण कार्यको जिम्मा पाएका थिए ।

आरके इन्टरनेशनल काठमाडौँ, कञ्चनपुरको पुनर्वास र बैतडीको पाटन मेलौलीमा ३३/११ केभी ६/८ एमभीए सबस्टेशन निर्माण कार्य । दावारमैनावती जेभी बानेश्वर डोटीको तिख्‍वात्तरमा ३३ केभी लाइन निर्माण कार्य । विभान्सुर ईन्द्रधनु जेभी बानेश्वर कैलालीको सुखरखालमा ३३/११ केभी ३ एमभीए सबस्टेशन निर्माण कार्यको जिम्मा पाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0