डडेल्धुराको जिसस प्रमुखमा भण्डारी र उपप्रमुखमा ठडाली निर्विरोध निर्वाचित


डडेल्धुरा/ जिल्ला समन्वय समिति (जिसस) डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसको तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन्। भण्डारी अमरगढी नगरपालिका–७ मा वडा सदस्यमा विजयी भएका थिए भने उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका–८ बाट वडा सदस्यमा विजयी भएकी थिइन्।

मुख्य निर्वाचन कार्यालय डडेल्धुराका अनुसार शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएका हुन्।

जिसस सदस्यमा लिला धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध निर्वाचित भएका छन्। उम्मेदवारहरू निविरोध निर्वाचित भएको भएपनि औपचारिक घोषणा भने २२ गते हुने बताइएको छ।

दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा १४ मतभार रहेको थियो। जसमध्ये कांग्रेस एक्लैसँग १० मतभार थियो। सोहीकारण डडेल्धुरामा जिल्ला समन्वय समिति कांग्रेसकै नेतृत्वमा गठन भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0