धनगढीका मेयर गोपाल हमालले आफ्ना नागरिकका गुनासा सुन्न ह्वाटस्एप नम्बर सार्वजनिक गरे


अत्तरिया / सुदुरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले नगरबासीका गुनासा , समस्या, सुझाव लिन ह्वाटस्एप नम्बर सार्वजनिक गरेका हुन् । उनले सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाटस्एप नम्बर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका हुन् ।‘यो नम्बर मसँग हुन्छ । नागरिकको गुनासो सुन्नलाई हो । विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने कल गर्नुस् । म तुरुन्त कारवाहीको प्रक्रियामा जान्छु,’ उनले भने ।

भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्नसमेत अनुरोध गरे । यसैबीच नगरप्रमुख हमालले उपमहानगर नगरपालिकाका सूचना तत्काल उपलब्ध गराइने बताएका छन् । ‘कार्यपालिका संविधानभन्दा माथि छैन । सूचना दिनु हाम्रो दायित्व हो । हाम्रो प्रयास के रहन्छ भने नागरिकले सूचना माग्नुपर्ने होइन हामीले दिनुपर्ने संस्कारको थालनी गर्न चाहान्छौँ । सूचनाको लागि नगरपालिका धाउनु नपरोस् ।’

यसैबीच धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्रसिंह कार्कीले कतिपय सूचना दिन मिल्ने र नमिल्ने हुँदा सूचना वर्गीकरण गरी तत्काल सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0