धनगढीका २ जना बालकको मोहना नदीमा डुबेर मृत्यु

0
42

अत्तरिया : कैलालीको धनगढीस्थित मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। चटकपुर–राजघाट जोड्ने पुलको मुनि मोहना नदीमा पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको हो।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको हो। दुबै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here