अत्तरियाको संघर्ष समितिद्धारा गेटा मेडकिल कलेजको लागी: सरकारलाई ज्ञापन पत्र बुझाईयो


अत्तरिया : सुदूरपश्चिममा पहिलो पटक ३५ बर्ष पहिले मेडिकल कलेज बनाउँने भन्दै काम अगाडी बढेको थियो । २०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै जग्गा किनेर काम अगाडी बढाएका थिए ।

त्यसपछि लामो समय सम्म गेटा मेडिकल कलेजको काम अगाडी बढेन र, पछि २०४४ सालमा मेडिकल कलेज बनाउने भन्दै जग्गा किनेका शंकाराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरेपछि सरकार पनि उक्त योजनामा सहभागि भएको थियो ।

सरकारले शंकाराचार्यले स्थापना गरेको ट्रस्टलाई मेडिकल कलेज संचालन गर्ने भन्दै सोही ठाउँमा ७७ विगा जग्गा दिएको थियो । सरकारले जग्गा उपलब्ध गराएको लामो समय पछि २०६५ सालमा पहिलो पटक गेटा मेडिकल कलेजका नाममा एक करोड बजेट विनियोजन गरेको थियो । त्यसपछि पनि लामो समय सम्म बेवास्ता गरिएको गेटा मेडिकल कलेज आर्थिक वर्ष ०७३/०७४ बाट मात्रै भने निर्माण सुरु गरिएको थियो । उपेक्षामा मेडिकल कलेज अहिले प्रस्ताविक गेटा मेडिकल कलेजका लागि ठूलाठूला भवन निर्माण गरिएका छन । निर्माण सुरु गरिएको ४ बर्षमै मेडिकल कलेज संचालनका लागी आवश्यक भवन निर्माण गरिएका भएपनि अहिले संचालन गर्नुपर्ने समयमा पुनः अन्योलता कायम भएको छ ।

देशभरका प्रदेशहरुमा १ भन्दा बढी मेडिकल कलेज संचालन भइसक्दा पनि सुदूरपश्चिममा भने लामो संघर्ष गर्दा पनि अहिले सम्म यसले मुर्त रुप लिन सकेको छैन । पछिल्लो ४ बर्षको अवधिमा द्रुत गतिमा भएको भौतिक संरचना निर्माणको काम सकिन लाग्दा पनि प्रस्तावित मेडिकल कलेज कुन मोडेलमा चलाउने, कहिले चलाउने भन्ने अन्योल छ । त्यसैमा सरकारले नयाँ आर्थिक बर्षका सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नसमेट्नु र भौतिक संरचना तयार भएको प्रस्तावित मेडिकल कलेजलाई संचालनका लागि बजेटमा पनि पर्छ वा पर्दैन भन्ने स्पष्ट नहुनुले फेरि एकपटक यस क्षेत्रका जनता निरास भएका छन ।
बजेट बिनियोजन गरेर आगामी आर्थिक बर्षमै संचालन गर्न सकिने पर्याप्त आधार हुँदा हुँदै पनि बेवास्ता गरिएपछि अहिले यस क्षेत्रका जनता सडकमा उत्रिएका छन । स्वस्फुर्त रुपमा नागरिकहरुले तत्काल प्रस्तावित गेटा मेडिकल संचालनको माग उठाएर बिभिन्न तरिकाबाट राज्य लाई दवाव दिइरहेका छन ।

वार या पारको लडाई

प्रस्तावित गेटा मेडिकल कलेज संचालनको माग गर्दै बिशेष गरेर धनगढी र अत्तरियामा आन्दोलनका कार्यक्रम संचालन भइरहेका छन । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नपरेको बिरोधमा सुरु भएको आन्दोलन अहिले तत्काल संचालनको स्पष्ट खाका तयार पारि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गरी संचालन गरिनुपर्नेमा पुगेको छ ।

जसका लागि दवाव दिन कैलालीको अत्तरियामा गठन भएको गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समितिले बिहिबार पनि सरकारलाई दवाव दिन जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीको कार्यालय, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलाली उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएको छ । समितिले कैलालीमा क्रियासिल बिभिन्न राजनीतिक दलका प्रदेश स्तरिय नेताहरुलाई पनि ज्ञापन पत्र बुझाएको थियो । संघर्ष समितिका संयोजक लोक राज पाण्डे ९आगो० ले सुदूरपश्चिमका जनताले मेडिकल कलेजका लागि लामो समय प्रतिक्षा गरिसकेकाले अब भने कुनै पनि हालतमा ढिला नगरी संचालनमा ल्याउनु पर्ने बताए ।

‘हाल ६ सय वेड संचालनका लागि पर्याप्त संरचना निर्माण भइसकेका छन । २७ वटा भवन निर्माण भइसकेका छन’ उनले भने ‘यती हुँदा हुँदै पनि यो किन संचालनमा आइरहेको छैन । यो सरकारको २०७९/०८० को नीति तथा कार्यक्रममा किन परेन । यसलाई खन्जडमा परिणत गर्न खोजिएको हो की रु भन्ने शंका लागिसकेको छ । त्यसैले हामी यो आन्दोलमा उत्रिएका छौ ।’ उनले अब सुदूरपश्चिमका जनताले सुदूरपश्चिममै मेडिकल शिक्षा पढ्न पाउनुपर्ने बताए । उनले अब पनि यस क्षेत्रका जनताको माग पुरा नभए जस्तोसुकै आन्दोलनका कार्यक्रम पनि गर्न आफू तयार रहेको बताए । उनले सुदूरपश्चिमलाई केन्द्र सरकारले गरेको उपेक्षाको विरुद्ध वार या पारको लडाईमा आफूहरु उत्रिएको बताए ।

संघर्ष समितिका सह संयोजक आनन्द भट्टले गेटा मेडिकल प्रति सरकारले देखाएको उदासिनताले यसलाई अलपत्र छोड्न खोजिएको त होइन भन्ने आशंका जन्मिएको बताए । उनले मेडिकल कलेज संचालनको मोडालिटी तयार गरी तत्काल संचालन गर्न आवश्यक रहेको बताए । संघर्ष समितिका सचिव धर्म सिह कुँवरले मेडिकल कलेज संचालनका लागि सर्वदलिय, सर्वपक्षिय स्वस्फुर्त रुपमा आन्दोलन अगाडी बढेको बताए । संघर्ष समितिले शुक्रबार अत्तरियामा हस्ताक्षर कार्यक्रम संचालन गर्ने जनाएको छ । आन्दोलनका कार्यक्रम अन्तरगत धनगढीमा पनि बिहिबार हस्ताक्षर संकलन अभियान संचालन गरिएको थियो । उक्त हस्ताक्षर संकलनपछि प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई बुझाईने जनाइएको छ ।

बमम उबमmब जयकउष्तब
िमुख्यमन्त्री, मेयर देखि नेताहरुको एक्यवद्धता

स्वफूर्त रुपमा संचालन भएको आन्दोलनमा सम्पूर्ण सुदूरपश्चिम एक ठाउँमा उभिएको छ । बिहिबार संघर्ष समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल मेडिकल कलेज संचालनमा ल्याइनुपर्ने बताए ।

‘तत्काल यसै बर्ष मेडिकल कलेज संचालनमा ल्याउनुपर्छ । हस्पिटल बनाउन ढिलो हुनसक्छ । त्यसका लागि प्रदेश सरकार मातहत रहेका अस्पताल जो मेडिकल कलेज संचालनका लागि कानुनी रुपबाट पनि पर्याप्त छन’ उनले भने । उनले तिनै तहको साझेदारीमा तत्काल मेडिकल कलेज संचालन गरिनुपर्ने बताए । उनले सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारीमा रहेको बताए । केन्द्र सरकारसंग समन्वय गर्नका लागि प्रतिष्ठान बनाउन लागिएको उनले बताए । उनले भौतिक संरचना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको खण्डमा प्रदेश सरकार संचालन गर्न तयार रहेको बताए ।

ज्ञापन पत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले ज्ञापन पत्र आफूले प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए । उनले गेटा मेडिकल कलेजको निर्माणका लागि आफु पनि जिल्ला स्तरबाट लागिपरेको बताए । ज्ञापन पत्र बुझ्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जनस्तरबाट दवाव नपुग्दा प्रस्तावित मेडिकल कलेज संचालनमा ढिलाई भइरहेको बताए ।

‘बिभिन्न स्वार्थका कारण यो अगाडी बढ्न ढिलाई भयो । हाम्रो ठूला नेताको काठमाण्डौंमै घर भएकाले यस क्षेत्रको समस्यालाई गम्भिर रुपमा लिएनन्’ उनले भने ‘त्यसैले यसको उपेक्षा भएको छ ।’ उनले मेडिकल कलेज संचालनका लागि आगामी आर्थीक बर्षमा बजेट विनियोजन नभए यो संचालनमा नआउने दावी गरे । उनले मेडिकल कलेज संचालन नभए आफू सडकमा उत्रिएर नारा लगाउन तयार भएको बताए । ज्ञापन पत्र बुझ्दै गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकायाले गेटा मेडिकल कलेज संचालनको लागि दवाव दिन नगरपालिकाका मेयर काठमाण्डौं गएको बताईन । उनले आफू पनि गेटा मेडिकल कलेज निर्माणका लागि भइरहेको आन्दोलनरत पक्षको साथमा भएको बताईन ।

ज्ञापन पत्र बुझ्दै नेकपा एमालेका प्रदेश कमिटी सचीव धर्म राज पाठक, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचीव एवम् पहिलो संविधान सभाका सदस्य जनक बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश प्रबक्ता छत्र शाही र कैलाली उद्योग बाणिज्य सघका अध्यक्ष पुष्प राज कुँवरले आन्दोलनका कार्यक्रममा ऐक्यवद्धता जनाएका थिए ।

६ अर्व बजेट माग

मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले प्रस्तावित गेटा मेडिकल कलेजको पुर्वाधार निर्माण र संचालनका लागि ६ अर्व बजेट माग गरिएको बताए । संघर्ष समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै निर्देशक पुजाराले माग गरिएको बजेट आउनेमा आफू विस्वस्त रहेको बताए ।

‘संरचना निर्माण संगै नीति निर्माण पनि संगसंगै हुनुपथ्र्यो, त्यो भएन’ उनले भने ‘अहिले नीति तथा कार्यक्रममा यो नपरेपछि यो बहसमा आएको छ । हामीले यसका लागि चाहीने पर्याप्त बजेट मागेका छौ । हामी बजेट आउनेमा आशावादी छौ ।’ उनले बजेट नआएको खण्डमा भने जेठ १५ पछि यस्ता सचेतनाका कार्यक्रम संचालन गर्न सकिने बताए ।

आन्दोलनका क्रममा स्थानीयले उठाएका माग पुरा गर्नकै लागि आफू पनि लागिपरेको उनले बताए । उनले आफूहरुको काम पुर्वाधार निर्माण गर्ने मात्रै भएकाले समितिले संचालनको काम आफूहरुले गर्न नमिल्ने बताए ।

निर्देशक पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्राबास लगायत संरचना निर्माणको काम सकिएको छ । खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढलपानी निकास, विद्युतको सबस्टेसन निर्माण लगायत काम भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0