प्रस्तावित गेटा मेडिकल कलेज संचालनका लागि दवाव दिन भन्दै गोदावरीका मेयर भट्ट हिडे काठमाण्डौं


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट प्रस्तावित गेटा मेडिकल संचालनको लागि दवाव दिन काठमाण्डौं गएका छन । बुधबार काठमाण्डौं जानु अघि पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर भट्टले मेडिकल कलेज संचालनका लागि बजेट विनियोजन गर्नको लागि माग गर्न एवं मेडिकल कलेज संचालनका लागि आवश्यक ऐन बनाउनका लागि प्रस्ताव राख्न काठमाण्डौं जान लागेको बताएका हुन ।

‘गेटा मेडिकल कलेज संचालनमा ल्याउनको लागि बिभिन्न संरचना निर्माण भइसकेको छ । यसको संचालनका लागि इक्विपमेन्ट मात्रै आवश्यक रहेको छ’ उनले भने ‘अहिले सरकारले बजेटिङ गर्दा यसमा बजेट परेन भन्ने कुरा पनि आएको छ । यो कुनै पनि हालतमा रोकिनु हुँदैन भन्ने उद्देश्यका साथ म जान लागेको हो । यो नीति तथा कार्यक्रममा नपरेको भएपनि केही समस्या थिएन । अहिले बजेटमा पनि गेटा मेडिकल कलेज परेको छैन भन्ने मैले सूचना पाएको छु ।’ मेयर भट्टले गेटा मेडिकल कलेजका लागि आगामी आर्थीक बर्षमा कुनै पनि हालतमा बजेट बिनियोजन हुनुपर्ने बताए ।

‘बजेटका कारण यो रोकिनु हुँदैन । बनेको मेडिकल कलेज रोकिनु राम्रो कुरा होइन । भोलीका दिनमा बजेट परे पछि पनि यसको ऐन पास हुन पनि जरुरी छ’ उनले भने ‘सुदूरपश्चिममा यती ठूलो मेडिकल कलेज बनिसक्दा पनि यो संचालन नआउँदै प्रदेशकै अन्य ठाउँमा पनि मेडिकल कलेज परेको देखिन्छ । जसका कारण गेटा मेडिकल कलेज ओझेलमा नपरोस भन्ने चिन्ताको बिषय बनेको छ । यसैका लागि म आज नै काठमाण्डौं गएर यसको लागि पहल गर्नेछु ।’

उनले काठमाण्डौं गएर प्रधानमन्त्री, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयमा यसको बारेमा कुरा राख्ने बताएका छन । उनले मेडिकल कलेज संचालनका लागि तत्काल ४ अर्व बजेट आवश्यक पर्ने जानकारी आफूले पाएको बताए ।
भौतिक संरचनाको धेरै काम भएको छ । अब इक्विपमेन्ट किन्नका लागि तत्काल बजेटको अवश्यकता छ’ उनले भने ‘जसका लागि करिब ४ अर्व आवश्यक पर्छ ।’

उनले डडेल्धुरामा मेडिकल कलेज बन्नु सुदूरपश्चिमका लागि राम्रो भएपनि त्यसका कारण गेटा मेडिकल कलेज ओझलमा नपरोस भन्ने आफ्नो चाहना रहेको बताए । ‘डडेल्धुरामा हुनु हुँदैन भन्ने होइन । सुदूरपश्चिममा जती मेडिकल कलेज बने हाम्रा लागि राम्रो बिषय हो । तर, अहिले बनिसकेको संरचना ओझेलमा नपरोस भनेको हो’ उनले भने ‘यो गोदावरी नगरपालिकामै भएकाले यो संचालनमा ल्याउनु मेरो जिम्मेवारी पनि हुन्छ ।’

गेटा मेडिकल कलेज नीति तथा कार्यक्रममा नसमेटिएपछि अहिले बिशेष गरेर धनगढी, अत्तरियामा बिरोधका कार्यक्रम सुरु भएका छन । बिरोधका कार्यक्रम सशक्त रुपमा अगाडी बढाउन अत्तरियामा ‘गेटा मेडिकल कलेज संचालानार्थ संघर्ष समिति’ समेत गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0