गेटा मेडिकल कलेज सञ्चालनका लागि युवा जमातले दवावदिन गरे अत्तरियामा चक्काजाम (फोटो फिचर)


अत्तरिया : निर्णाणाधिन गेटा मेडिकल कलेज छिटो सन्चालन हुनुपर्ने माग गर्दै कैलालीको अत्तरियामा युवाहरुले दबाब समुह गठन गरि दवाव दिन अत्तरियामा ३० मिनट चक्काजाम गरेका छन् ।
युबा नेता लोकराज पाण्डेको संयोजकत्वमा ३५ सदस्ययी संयुक्त संघर्ष समिती गठन गरि उक्त चक्काजाम गरएिका हो । समितीले यथाशीघ्र गेटा मेडिकल कलेज सन्चालन गर्नु पर्ने माग गरेको छ ।

समितीका संयोजक पाण्डेले सरकारले यस क्षेत्रका जनतालाई फेरी एक पटक ढाँट्न खोजेकाले दबाब दिनु परेको बताए ।

ुअहिले हामीले दबाब समुह बनाएका छौं । भोली देखी दबाबका सबै कार्यक्रम गर्ने छौं । भोली नै बिधार्थीहरुको सहभागितामा प्रदर्शन गर्ने र मुख्यमन्त्री , यस क्षेत्रका जनप्रतिनिधीलाई ज्ञापन पत्र दिने कार्यक्रम राखेका छौं, पाण्डेले भने ,हामी अरु जिल्लामा मेडिकल कलेज खोल्नु हुँदैन भन्ने पक्षमा छैनौ तर गेटा मेडिकल कलेज छिटो सन्चालन हुनुपर्‍यो ।

सरकारले मंगलबार सदनमा प्रस्तुत गरेको निती तथा कार्यक्रममा गेटा मेडिकल कलेज सन्चालनको बिषय कतै पनि नआएको भन्दै यस क्षेत्रका नागरिकहरु पनि असन्तुष्ट बन्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0