देशकै ठुलो काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन साह विजयी


काठमाडौं : स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार बालेन्द्र साह विजयी भएका छन्।

नेपालकै ठुलो काठमाडौं महानगरपालिकामा मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।

५५ हजार ७४७ मत ल्याएका साहको एमालेबाट प्रमुख पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेलाई हराउँदै साह विजयी भएका हुन् । यस्तै उप प्रमुखमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0