डडेल्धुराका सात वटै नवनिर्वाचित पालिका प्रमुखहरूले गरे शपथ ग्रहण

0
111

डडेल्धुराः डडेल्धुराका नवनिर्वाचित सात पालिका प्रमुखहरूले शपथ लिएका छन्। बिहीबार दुई नगरपालिका र पाँच गाउँपालिका प्रमुख तथा अध्यक्षले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई शपथ खुवाएका हुन्।

अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, अजयमेरुका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास), गन्यापधुरा अध्यक्षका इन्द्रबहादुर कार्की, नवदुर्गाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी र भागेश्वर गाउँपालिकाकाका अध्यक्ष हेमराज चटौतले लिएका छन्।

जिल्ला न्यायाधीश शर्माले नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै राम्रा काम गर्न आग्रह गरे।

जनताहरूले ठूलो आसा भरोसा गरेर जिताएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले यहाँहरूबाट नागरिकका इच्छा चाहनाहरू सम्बोधन हुने तथा जिल्लाको समग्र विकासले गति लिने विश्वस व्यक्त गरे।

आफ्नो पालिकाको निर्वाचन परिणाम आएको सात दिनभित्र अध्यक्ष तथा प्रमुखले कार्यभार सम्हाल्नुअघि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था छ। उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष र सभाका सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र सम्बन्धित अध्यक्ष वा प्रमुखसमक्ष शपथ लिनुपर्ने हुन्छ।

हालै सम्पन्न स्थानीय तह चुनावमा यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। अघिल्लो निर्वाचनमा यहाँ नेकपा एमालेले २ र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए। यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ।

 

जिल्लाका ५२ मध्ये २९ वडामा कांग्रेस विजयी भएको छ। माओवादी केन्द्रले १४, एमालेले तीन, नेकपा एकीकृत समाजवादीले दुई, बीपी कांग्रेसले दुई र स्वतन्त्रले दुई वडा जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here