सुदूरपश्चिममा एकीकृत समाजवादीले पनि खाता खोल्यो

0
165

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ। कैलालीको घोडाघोडी नगरपालिकाबाट एकीकृत समाजवादीले खाता खोलेको छ।

नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्। रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए। २०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक पराजित भएका हुन्।

उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्। चौधरीले १२ हार २७० मत पाएर विजयी हु्ँदा बटलाले ६ हजार ९६३ मत पाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here