गोदावरीको मेयरमा कांग्रेसका बिरेन्द्र भट्ट र उपमेयरमा शारदा देवी रोकाया बिजयी


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा कांग्रेसका विरेन्द्र भट्ट निर्वाचित भएका छन ।

बुधबार सार्वजनिक मत परिणाम अनुसार एमालेका उम्मेदवार गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ को फराकिलो मत अन्तरले पराजित गर्दै कांग्रेसका भट्ट निर्वाचित भएका हुन ।
कांग्रेसका भट्टले १५ हजार ५ सय १ मत पाउँदा एमालेका भट्टले ११ हजार २ सय २४ मत प्राप्त गरे । नगरको उपप्रमुखमा भने एमालेकी शारदा रोकाया विजयी भईन ।

उनले नेकपा एकिकृत समाजवादीकी उम्मेदवार रत्ना कडायतलाई ६ सय ८७ मत अन्तरले पराजित गरिन । रोकायाले १० हजार ६ सय ७० मत प्राप्त गरीन भने कडायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरीन ।

नगरमा कांग्रेसले ७ वडा जितेको छ भने एमालेले ४ वडा जितेको छ । एक वडा भने स्वतन्त्र उम्मेदवारले जितेको छ ।

मेयर (सुर्य)
वडा नम्बर १ बाट -१३९४
वडा नम्बर २ बाट – १०१२
वडा नम्बर ३ बाट -६५२
वडा नम्बर ४ बाट -१०२१
वडा नम्बर ५ बाट – ८१०
वडा नम्बर ६ बाट -१३९८
वडा नम्बर ७ बाट -७६७
वडा नम्बर ८ बाट – १०४३
वडा नम्बर ९ बाट -९०२
वडा नम्बर १० बाट- १०४०
वडा नम्बर ११ बाट-४४७
वडा नम्बर १२ बाट – ७३८
जम्मा – ११२२४

मेयर (रुख)
वडा नम्बर १ बाट – १९७२
वडा नम्बर २ बाट – १५६०
वडा नम्बर ३ बाट – १७८२
वडा नम्बर ४ बाट – १६८४
वडा नम्बर ५ बाट – १२७०
वडा नम्बर ६ बाट – १२०८
वडा नम्बर ७ बाट -७९०
वडा नम्बर ८ बाट – १२८२
वडा नम्बर ९ बाट -१०३५
वडा नम्बर १० बाट – १४७८
वडा नम्बर ११ बाट -५७५
वडा नम्बर १२ बाट – ८६५
जम्मा – १५५०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0