नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षमा लक्ष्मी अबस्थी र उपाध्यक्षमा निर्मला बिष्ट(बोगटी) विजयी


✍️ हेमराज अवस्थी
डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस जिल्ला उपसभापति लक्ष्मी अवस्थी र उपाध्यक्षमा लामो समय शिक्षण पेशामा आवद्ध रहेकी निर्मला बिष्ट बोगटी विजयी भएका छन।

नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र उपाध्यक्षमा निर्मला बिष्ट (बोगटी) विजयी भएका हुन्।

नेकपा एकीकृत समाजवादीका कविन्द्र बिष्टलाई पराजित गर्दै अध्यक्षमा अवस्थी र उपाध्यक्षमा समाजवादीकि चन्द्रा रूपालीलाई हराउँदै बिष्ट (बोगटी) विजयी भइन्। अध्यक्षमा निर्वाचित अवस्थीले २८७९ मत ल्याए भने उनका प्रतिद्वन्दी बिष्टले २६०६ मत पाए।

उपाध्यक्षमा विजयी बिष्टले ३२०८ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिद्वन्दी चन्द्रा रूपालीले २३६७ मतमात्रै पाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0