गोदावरीमा २१९५ मतगणना गर्दा कांग्रेस १४० मतअन्तरले अग्र स्थानमा


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा २ हजार १९५ मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार मेयरमा कांग्रेसका बिरेन्द्र भट्टले ८९९ मत ल्याएका छन भने उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले ७५९ मत पाएका छन । दुवै उम्मेदवार बिचको अन्तर १४० पुगेको छ ।

गोदावरी १ मा ८६५ मत गणना हुँदा कांग्रेसका भट्टले ४१३ मत र एमालेका भट्ट २८० मत ल्याएका छन । त्यस्तै गोदावरी १२ मा १३३० मत गणना हुँदा कांग्रेसका भट्टले ४८६ र एमालेका भट्ट ४७९ ल्याएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0