प्रधानमन्त्री देउबाको वडामा काग्रेस पराजित, बीपी काग्रेस करुवाबाट भण्डारी बिजयी


डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ मा नेपाली काग्रेस बीपी को करुवा चुनाव चिन्हबाट वडा अध्यक्षमा नरेश भण्डारी बिजयी भएका छन ।

उक्त वडा प्रधानमन्त्री एवं नेपाली काग्रेसका केन्द्रीय सभापति शेर वहादुर देउवाले मतदान गरेको वडा पनि हो ।

स्थानीय युवा नरेश भण्डारीले करुवा चुनाव चिन्हमा चुनाव लडेका थिए । यो संगै करुवा चिन्हवाट डडेल्धुरामा पहिलो पटक खाता खुलेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको समेत जन्मस्थान रहेको उक्त वडामा नेपाली काग्रेस बीपीको करुवा चुनाव चिन्हले १२९ मतले बढि ल्याएर विजय भएको हो । जम्मा १४६३ मतमा नेपाली काग्रेसले ५४४ र विपी काग्रेसका उम्मेदवार भण्डारीले ६७३ मत ल्याएका छन । जिल्लाभर नेकपा एमाले र बिपी कांग्रेसले चुनाबी तालमेल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0