धनगढीमा मतगणना गर्न माग गर्नेमाथि प्रहरी प्रशासनले गर्‍यो लाठी चार्ज

0
152

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणना आजदेखि सुरु हुने भएको छ। मतपेटिका संकलनमा समय लाग्ने भन्दै आज विहानदेखि मतगणना थालिने भएको हो।
विहान साढे ७ बजे सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि शुक्रबार मतदान सम्पन्न भएको छ।

यस्तै धनगढी उपमहानगरपालिकामा मतगणना गर्न माग गर्ने युवाहरूमाथि प्रहरीले लाठी चार्ज गरेको छ। रातिदेखि नै मतगणना सुरु हगर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका युवाहरूमाथि प्रहरीले लाठी चार्ज गरेको हो। युवाहरूको समूहले मतगणना गर्न यथाशीघ्र थालनी गर्न माग गर्दै १२ बजे रातीदेखि नै नाराबाजी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मतगणनास्थलमा नारावाजी हुन थालेपछि भिड नियन्त्रणमा लिन लाठी चार्ज गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here