गोदावरीमा यस्तो छ मतदान केन्द्र र मतदाताको अवस्था ? (सूची सहति)


अत्तरिया । वैशाख ३० गते शुक्रवार देशभर स्थानीय तहको चुनाव हुँदैछ । स्थानीय चुनावका लागि गोदावरीमा ५५ हजार ४९३ जनाले मतदान गर्दैछन ।

जसमध्ये सबैभन्दा बढी मतदाता गोदावरीको वडा नम्बर १ मा रहेका छन । वडा नम्बर १ मा ६ हजार ३४९ मतदाता रहेका छन ।
नगरमा सबैभन्दा कम मतदाता वडा नम्बर ७ मा ३ हजार २०९ मतदाता रहेको गोदावरी नगरपालिकाको निर्वाचन कार्यालयले वताएको छ ।

यस्तै वडा नम्बर २ मा ४ हजार ९९६, वडा नम्बर ३ मा ५ हजार २१४, वडा नम्बर ४ मा ५ हजार ३३२, वडा नम्बर ५ मा ३ हजार ९७० र वडा नम्बर ६ मा ४ हजार ५९२ मतदाता रहेको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले बताएका छन ।

यस्तै वडा नम्बर ८ मा ५ हजार ३९४, वडा नम्बर ९ मा ४ हजार १४१, वडा नम्बर १० मा ४ हजार ५१९, वडा नम्बर ११ मा ३ हजार ८७५ र वडा नम्बर १२ मा ३ हजार ९०१ मतदाता रहेका छन । भने तपशिल बमोजिम १२ वटै वडामा तपशिल बमोजिम मतदान स्थल रहेको निर्वाचन कार्यालयले वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0