गोदावरीमा एमालेले निकाल्यो बृहत मोटरसाईकल र्याली


अत्तरिया । नेकपा एमालेले गोदावरीमा बृहत मोटरसाईकल र्याली निकालेको छ । अत्तरिया को लामीतालमा रहेको बुद्ध गुम्बाबाट र्याली शुरु भएको थियो । र्याली नगरपालिकाका सबै वडामा पुग्ने भएको छ । र्यालीमा एमालेको तर्फबाट गोदावरी नगरपालिकाका मेयरका उम्मेदवार गोकर्ण भट्ट उपमेयरका उम्मेदवार शारदा देबी रोकाया पनि सहभागी रहेका छन ।

यस्तै र्यालीमा १२ वटै वडाका अध्यक्षका उम्मेदवार र वडा सदस्यका उम्मेदवारहरुको पनि सहभागीता रहेको छ । र्यालीमा एमाले समर्थकहरुको उल्लेख्य सहभागिता रहेको छ । र्यालेमा सहभागीहरुले एमालेको पक्षमा चर्को नाराबाजी गरेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0