प्रधानमन्त्री देउवाले भेटौं भन्दा किन अस्वीकार गरे त पुष्करनाथ ओझाले

0
615

अत्तरिया : प्रधानमन्त्री एवंम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुष्करनाथ ओझाले अस्वीकार गरेका छन्। ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. ५ कैलालीवाट आरजु राणा देउवालाई हराउन र स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको भन्दै पार्टीबाट निष्कासित ओझाले देउवालाई भेट्न अस्वीकार गरेका छन्।

‘उहाँ (शेरबहादुर देउवा)ले भेटौं भनेर मान्छे पठाउनु भएको थियो,’ ओझाले संचारकर्मिलाई भने, ‘मैले अब चुनावपछि भेट्न सकिने सन्देश पठाएको छु।’ आइतबार धनगढी पुगेका देउवाले ओझालाई भेट्नका लागि बोलाएका थिए। ओझा निकट एक नेताले भने, ‘देउवाले ओझासँग फोनमै भए पनि कुरा गर्न चाहेका थिए। फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेका छन्।’

वैशाख ३० गते हुने निर्वाचनका लागि ओझा निकट नेताहरुले स्वतन्त्रबाट चुनावी मैदानमा छन्। स्थानीय चुनावमा धनगढी उपमहानगरको मेयरमा गठबन्धनबाट काँग्रेसका नृपबहादुर वड प्रतिस्पर्धामा रहेका बेला ओझा मौन छन्। ‘मेरा नजिकका नेताहरुलाई काँग्रेसले टिकट दिएको छैन,’ ओझाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘चुनावमा केही नेतालाई पनि समेटेको भए, काँग्रेस उम्मेदवारलाई मेयरमा सहयोग गर्न सकिन्थ्यो। अहिले अन्तिम समयमा आएरसम्भव हुँदैन।’ ०७७ साउनमा नेता ओझालाई ५ वर्षका लागि काँग्रेसले पार्टीबाट निष्कासन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here