पाँच करोड बजेट सुनिश्चिता भए सगै ,डडेल्धुरामा विमानस्थल निर्माण प्रक्रिया अघि बढ्यो


डडेल्धुरा । डडेल्धुरामा विमानस्थल निर्माण कार्यका लागि बजेट सुनिश्चित भएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा बन्ने विमानस्थल निर्माणको लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो।

वातावरणीय प्रभाव मूल्यांकनसँगै विमालस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित भइसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

विमालस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बजेटको व्यवस्थापन गरिएको उनले बताए।

डडेल्धुरामा निर्माण हुने विमानस्थलका लागि मन्त्रालयले बजेटको सुनिश्चितता गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जानकारी दिए।

विमालस्थल निर्माणका लागि २०७२ सालमा प्रारम्भिक सर्वेक्षण सुरु गरी थालनी गरिएकोमा गत कात्तिकमा सर्भे सुरु भएको थियो। २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाएको टोलीले पुइलेकमा विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो।

२०७० सालबाट डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न प्रयास भएका थिए। वातावरणीय प्रभाव मूल्यांकनसँगै पाँच करोड बजेट सुनिश्चित भइसकेकोले अब छिट्टै डडेल्धुरामा विमानस्थल बन्ने विमानस्थल निर्माणका अभियान्ता डा‍। तारा जोशीको भनाइ छ।

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा विमानस्थल नभएको एक मात्र जिल्ला हो। यहाँका सातवटै पहाडी र दुईवटा तराईका जिल्लामा विमानस्थल रहेको छ। तर, पूरै सुदूरपश्चिम जोड्ने एक मात्र जिल्ला डडेल्धुरामा भने विमानस्थल बन्न सकेको छैन ।

डडेल्धुरामा विमानस्थल बने यहाँका नागरिकको आय स्तरमा समेत बृद्धि हुने डा. जोशीको भनाइ छ। धनगढी नेपालगञ्जमा हुस्सुलगायतका कारणले उडान बन्द भए यहाँबाट उडान भर्न सकिने उनी बताउँछन्।

गत कात्तिकमा डडेल्धुरा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए जति आफ्नो मन्त्रालयबाट त्यसको व्यवस्थान गर्ने प्रतिबद्धता व्यक्त गरका थिए।

पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँसम्म पुग्ने कालोपत्रे बाटो समेत रहेको छ। पुइलेकदेखि वयलडाँडा सम्मको १६ सय मिटर जग्गामा विस्तृत सम्भाव्यता अध्ययनसंगै वातावरणिय प्रभाव मूल्यांकनसहितको थप काम अगाडि बढेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0