धनगढीमा पुगेर देउवाले भने, बागी उठेका उम्मेदवारलाई कुनै पनि हालतमा छोडिन्न

0
91

धनगढी । नेपाली काँग्रेशका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा नछोड्ने बताएका हुन् । धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

धनगढी रङ्गशाला परिसरमा भइरहेको उक्त कार्यक्रममा बोल्दै देउवाले, ुुयो भन्दा पहिले पनि बागी उम्मेदवारले गर्दा हामी पराजित भएका हौ । कैलालीको कहाँ कहाँ विवाद भएको छ, मिलाउनुस् । पार्टीले आधिकारिक उम्मेदवार तोकेका उम्मेदवार लाइ सहयोग गर्नुहोस् । यदि त्यसो गर्नु हुन्न भने कसैलाई पनि छोड्दैनौँ । कारबाही गरिन्छ ।ुु प्रधानमन्त्री देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here