सुदूरपश्चिममा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित (सूचीसहित)

0
195

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा दलित महिला सदस्यको कोटामा १२ र महिला सदस्यको कोटामा तीन जना निर्विरोध निर्वाचित भएका छन्।

एमालेका ७, काङ्ग्रेसका ४, माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एकरएक जना निर्विरोध भएका हुन्। जसमा बाजुराको बुढीनन्दा नगरपालिका–४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी ६० वर्षीया टुमरा दमाई, त्रिवेणी नगरपालिका–७ मा कांग्रेसबाट ६० वर्षीया औलादेवी लुहार र हिमाली गाउँपालिका–१ मा माओवादी केन्द्रकी उम्मेदवार ३६ वर्षीया रुपसरी कामी निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, बझाङको साइपाल गाउँपालिका–१ मा कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी ३६ वर्षीया सुरती कामी, वडा नम्बर ४ मा कांग्रेसबाटै ४२ वर्षीया अम्रिता कामी, केदारस्यूँ गाउँपालिका–४ मा दलित महिला सदस्य कोटामा स्वतन्त्र उम्मेदवारी दिएकी ५५ वर्षीया कन्थरीदेवी ओखेडा, केदारस्यूँ ७ की माओवादी केन्द्रबाट दलित महिला सदस्यकी उम्मेद्वार ५३ वर्षीया रम्भुदेवी कामी निर्विरोध निर्वाचित भएका छन्।

बझाङकै जयपृथ्वी गाउँपालिका–४ मा कांग्रेसबाट दलित महिला सदस्य कोटाकी उम्मेदवार ५५ वर्षीया पुतलीदेवी कामी र वडा नम्बर ७ की दलित महिला सदस्य कोटामा एमालेकी उम्मेदवार ५३ वर्षीया सन्तोला चुनारा, थलारा गाउँपालिका–६ मा एकीकृत समाजवादीबाट महिला सदस्यको कोटाकी उम्मेदवार ३४ वर्षीया सुनीतादेवी गिरी, वडा नम्बर ८ मा एमालेबाट ४३ वर्षीया जमुनादेवी खड्का, मष्टा गाउँपालिका–७ मा एमालेबाट दलित महिला सदस्या कोटामा उम्मेदवार ५१ वर्षीया हिमकला दमाई निर्विरोध भएका छन्।
दार्चुलाको अपिहिमाल गाउँपालिका–३ मा एमालेबाट दलित महिला सदस्य उम्मेद्वार २४ वर्षीया सोभा टमटा, दार्चुलाकै मार्मा गाउँपालिका–५ मा एमालेबाटै महिला सदस्य कोटाकी ३४ वर्षीया कमला महता पनि निर्विरोध निर्वाचित भएका छन्। आयोगले सार्वजनिक गरेको विवरणलाई हेर्दा सुदूरपश्चिममा कुनै पनि पदमा पुरुष निर्विरोध निर्वाचित नभएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here