गृह जिल्ला डडेल्धुरामा २७ गते हुने चुनावी आम सभामा देउवादाई सँगै सम्बोधन गर्ने रहर छ : कर्ण मल्ल


डडेलधुरा : कांग्रेस डडेलधुराका पूर्वसभापति एवं प्रदेश सांसद कर्णबहादुर मल्लले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा हुने चुनावी आमसभामा आफुले १० मिनेटमात्र बोल्ने र पार्टीमा गरेका हिसाब किताब राख्ने रहर रहेको बताएका हुन् ।

“हिक्मत छ भने मलाई २७ गते हुने देउवा दाईको आम सभामा १० मिनेट बोल्न दिनु, देउवा दाईको अगाडि काङ्ग्रेस बिद्रोही हरी भट्टतर्फबाट म आफ्ना कुरा राख्ने छु ।” उनले भने,

“२०६७ साल अगाडि के गर्नु भयो र म २०६७ सालपछि म डडेल्धुराको नेतृत्व आएपछि के(के काम गरे सबै फेरिस्त भन्ने छु, देउवाले मलाई लगानी गरेको होईन, जब प्रजातान्त्रिक पार्टीबाट मलाई उहाँले निकल्नु भयो त्यही दिन उहाँको लगानी सकियो जनताको माया र साथले यहाँ पपुगेको हौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0