किन भनिन नेत्री आरजुले : ‘जहाँ काँग्रेसको मेयर नै हुँदैन त किन हामी पैसा पठाउँछौँ ?’


डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले काँग्रेसको मेयर नभएको ठाउँमा पैसा नपाउने बताएकी छिन् । बिहिबार डडेल्धुरामा भएको कार्यक्रममा बोल्दै उनले करुवा सरुवा ,हरुवा पार्टीलाई भोट नहाल्न पनि आग्रह गरिन् ।

राणाले भनिन्– ‘जहाँ काँग्रेसको मेयर नै हुँदैन त किन हामी पैसा पठाउँछौँ । यो कुरालाई पनि ध्यान दिएर यो करुवा, सरुवा, हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’ उनले प्रधानमन्त्री देउवाले डडेल्धुरामा ३१ करोड रुपैयाँ बजेट पारेको बताउँदै काँग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने बताइन् ।

उनले काँग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्षको खुलेर कडा आलोचना गर्दै काँग्रेसविरुद्ध एमालेसँग तालमेल गरेको आरोप लगाइन् ।

मल्ल पक्षका काँग्रेस स्याल भएको भन्दै जातक कथा समेत सुनाएकी थिइन् । उनले डडेल्धुराको सम्पूर्ण विकास प्रधानमन्त्री देउवाको कारणले भएको समेत दावी गरेकी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0