निर्वाचन कार्यालयद्धारा डडेलधुरामा नमुना मतदान कार्यक्रम सम्पन्न


डडेलधुरा : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यालयद्धारा डडेलधुरामा नमुना मतदान गरिएको छ। आइतबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमुना मतदान गरिएको हो।

बसपार्कमा केही युवालाई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ। स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

अबस्थीले मतदाता शिक्षा निर्वाचनको एक दिन अगाडी मात्र दिइने समेत बताए। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारी तीव्र पारिएको छ।

कूल ९० हजार १ सय १९ मतदाता रहेको डडेलधुरामा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन्। जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको निर्वाचन अधिकारी अवस्थीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0