निर्वाचन जितेपछि आफुले कुनै पनि किसिमको सुबिधा लिनेछैन : गोकर्ण भट्ट

0
267

 

अत्तरिया : नेकपा एमालेबाट गोदावरी नगरपालिकाको मेयरका प्रत्यासी गोकर्ण भट्टले कम्तीमा ३ हजार मतले बिजयी हुने दावी गरेका छन् । संचारकर्मिहरु संग कुरा गर्दै भट्टले ज्योतिसिका अनुसार ७ हजार मतान्तरले बिजयी हुने भनेपनि आफु कम्तीमा ३ हजार मतले बिजयी हुने अनुमान गरेको बताएका छन ।
भट्टले निर्वाचन जितेपछि आफुले नगरपालिकावाट पाउने कुनै पनि किसिमको सुबिधा नलिई नगरको विकासमा उक्त सुविधाहरुलाई लगाउने भन्दै आएका छन ।

म खाशै ज्योतिषीमा त बिश्वास गर्दैन भट्टले भने “ज्योतिषीले त मलाई ७ हजार मत बढि ल्याएर बिजयी हुनुहुन्छ भन्नुभाको छ तर मेरो अनुमान कम्तीमा ३ हजार बतले बिजयी हुन्छु भन्ने छ ।” मलाई जित्न त्यस्तो गाह्रो छैन तत्कालिन समयमा माओवादीबाट निर्वाचन लड्दा ६ हजार बढी मत पाएको थिए भट्टले भने “एमालेको ९ हजार र मैले पाएको ६ हजार जोड्दा उसै १५ हजार हुन्छ अँझै हाम्रा कार्यक्रता झन बढेका छन अहिले जित्न समस्या हुन्न् ।”

एमाले प्रतिको जनलहरले आफुहरुलाई बिजयी हुन झन सहज हुने भट्टको भनाई थियो । हाम्रो पार्टी नेकपा एमाले गोदावरीमा सबैभन्दा ठुलो पार्टी हो उसै हामीसंग सबैभन्दा बढी मतदाता हुनुहुन्छ हामीसंग त्यस्तो धेरै प्रतिस्प्रधा कसैको हुने देख्दैन भट्टले भने “मैले जनतामाँझ गएर भनिरहेको छु तपाइहरुका शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका थुप्रै समस्या मैले सम्बोधन गर्ने छु र नगरपालिकालाई ब्यवस्थित बनाउने छु, र कुनै सुबिधा लिने छैन ।”

मलाई पैँसा कमाउनु छैन म सेव गर्नका लागी मेयर बन्न लागेको हुँ भट्टले भने “आएको सेवा सुबिधा समेत गरिब निमुखा जनताका लागी खर्च गर्ने छु, मलाई बिजयी गराए नगरपालिकालाई भ्रस्टाचार मुक्त नगरपालिका बनाउने छु ।”

लेखराज भट्टकै कारण पटक÷पटक टिकट पाउनुभयो की भन्ने प्रश्नमा भट्टले आक्रोस पोखे । मेरो योगदान पार्टीमा छैन भन्ने लाग्यो होला धेरैलाई उनले भने “मैले देशमा यो अवस्था ल्याउनकै लागी आफ्नो श्रीमती गुमाएको छु सम्पति गुमाएको छु, जेल जिवन भोगेको छु अनी मेरा योगदान नहेरेर लेखराजकै भाई भएर चुनाव लड्न लाग्यो भन्नु भएन नी ।” बरु मेरो दाइका कारण म अन्य अवशरबाट बञ्चित भएको छु, मसंगका नेताहरु अहिले मन्त्री भइसकेका छन्, उनले भने “म दाइकै कारण पछाडी परेको छु, जहाँपनि दाइले अवशर दियो भन्नुहुन्छ सबै त्यो कारण म झन पछाडी परेको छु ।” भट्टले यो निर्वाचनमा गोदावरीका मतदाताहरु आफैमा सचेत मतदाता भएका हुदाँ सहि र सवल उम्मेदवारलाई छान्ने छन र नगरको सन्तुलित विकास भएको हेर्नचाहान्छन समेत भनेका छन जसको नेतृत्व आफुले गर्नसक्ने समेत वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here