काँग्रेस गोदावरीको आन्तरिक किचलो मिल्यो, नेताहरु चुनाबी कार्यक्रममा संयुक्तरुपमा सम्वोधन गर्दै


अत्तरिया : गोदावरी १० मा बैशाख ३० गते हुने निर्बाचन को लागि शनिबार काँग्रेस गोदावरीले चुनावी कार्यक्रम गरेकोछ । कार्यक्रममा नेताहरू ले अब काँग्रेस मिलेको सन्देश दिएका छन । सभालाई काङ्ग्रेसका केन्द्रिय नेताहरू सुनिल कुमार भण्डारी, दिर्घराज भाट , हिरा दत्त भट्ट , मेयर का उम्मेदवार बिरेन्द्र भट्ट गोदावरीका नेता सुरत कार्की लगाएत ले सम्बोधन पनि गरेका हुन ।

गोदावरी -१० को कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सुरत कार्की !

सभालाई काँग्रेस भित्र इतर समुह को नेतृत्व गर्दै आएका सुरत कार्की ले पनि सम्बोधन गरे र काँग्रेस एक ढिक्का भएको सन्देश पनि दिएका थिए । काँग्रेस को केही महिना अघि सम्पन्न अधिबेशन मा वडा देखि नै दुई समूह सकृय थिए । अधिबेशन मा कार्की समूह गोदावरीमा क्लिन स्विप भएको थियो । नगर प्रदेश र क्षेत्र को नेतृत्व पुरै भाट– भट्ट समूहले जितेको थियो । त्यसपछि केही समय दुबै पक्ष आ आफ्नै लाईन मा सकृय थिए ।

निर्बाचन को मिती घोषणा भएपछि कार्की समुहले टिकट बांडफाँड मा संम्मानजनक स्थान खोजेको थियो । उपमेयर सहित ६ वडा आफुहरुले पाउनुपर्ने कार्की समूह को दाबी थियो । तर माथी देखि नै गठबन्धन हुने भएपछि उपमेयर समाजबादी को भाग मा पर्यो । वडाहरु मा पनि तालमेल हुने भएपछि लामो समय अन्यौल नै रह्यो ।

तर काँग्रेस ले वडा मा गठबन्धन नगर्ने भएपछि ११ वडा मा नै उम्मेदवारी दियो । जसमा कार्की समुह को भाग मा ३ वडा परेका छन् । वडा नम्बर ४, ७ र ९ उक्त समुह ले पाएको छ । वडा नम्बर ११ मा काँग्रेस कै बलिया उम्मेदवार पदम बडैलाले स्वतन्त्र बाट उम्मेदवारी दिएका छन् । अन्य ८ वडा मा भट्ट( भाट समुहकै वडा अध्यक्ष का उम्मेदवार रहेका छन् ।

गत निर्बाचन मा काँग्रेस भित्र कै आन्तरिक एकता नहुँदा हार ब्यहोर्नुपरेको परेको कांग्रेस को बुझाई रहेको छ । त्यसैले पनि यो पटक जसरी भएपनी आन्तरिक एकता गरेर जानुपर्ने भन्नेमा नेताहरु सजग भएको हुन सक्ने एक नेताले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0