लम्कीचुहामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार


अत्तरिया – सुदूरपश्चिममै पहिलो पटक तिनदलिय गठबन्धनबाट कैलालीको एउटा पालिकामा नगरप्रमुख र उपप्रमुख दुवै पदमा महिलाको उम्मेदवारी परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिकामा तिन दलिय गठबन्धन अनुरुप प्रमुख र उपप्रमुख दुवै पदमा महिलाले उम्मेदवारी दिएको हो ।

गठबन्धन अनुसार नगरपालिकाको प्रमुखमा कांग्रेसबाट सुशिला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट जानकी कुमारी सिँहले आधिकारीक रुपमा उम्मेदवारी दिएका छन ।

यसअघि मनोनयन दर्ताका समयमा नगरप्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाएपछि उनि नै गठबन्धनबाट नगरप्रमुखको उम्मेदवार बनेकी हुन । कांग्रेसबाट नगरपालिकाको मेयरमा शाही र भक्तबहादुर थापाले उम्मेदवारी दिएका थिए ।

दुवैले आफू आधिकारिक रहेको बताए पनि निर्वाचन अधिकृतले भने शाहीलाई आधिकारिकता दिँदै भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरेको हो ।

यस्तै नेकपा माओवादी केन्द्रका धिरेन्द्र रावलको पनि उम्मेदवारी रद्ध भएको छ । उनीहरु दुवैजनालाई पार्टीले आधिकारिक नरहेको जानकारी दिएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए । दलहरुले प्रमुख र उपप्रमुखमा दावी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0