प्रदेशसभा सदस्य कर्ण मल्लले राजीनामा दिए


डडेलधुरा – सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसले पार्टीबाट निस्कासन गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले भने, ‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गणका हाकिम हटाएझैं पार्टीको विधिविधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्य समेत नरहने गरी हटाइएको छ । मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा रहन नैतिकतले दिंदैन । आजैदेखि म प्रदेशसभा सांसद नरहेको घोषणा गर्दछु ।’

डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा र मल्ल पक्षबीच लामो समयदेखि विवाद थियो । स्थानीय तह निर्वाचनमा मल्ल समूहले एमालेसँग तालमेल गरेपछि कांग्रेसले कारबाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0