राष्ट्रपतिद्धारा जनसेवाश्री पदकबाट कृष्णपूरका समाजसेवी ओझा सम्मानित


अत्तरिया : कृष्णपुर नगरपालिकाका समाजसेवी हेमराज ओझा प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । बैशाख २ गतेका दिन राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा कृष्णपुर नगरपालिका वडा नम्बर ६ का समाजसेवी ओझालाई राष्ट्रपति भण्डारीले समाजसेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत जनसेवाश्री पदकबाट विभूषित गरेकी हुन् ।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट घोषितमध्ये प्रवल जनसेवा श्री पदक युवा समाजसेवी ओझालाई प्रदान गरिएको हो । विभूषण प्राप्त गर्नेहरूको सूची झन्डै पाँच सयको सङ्ख्यामा थियो । विगत लामो समयदेखी सामाजिक क्षेत्रमा क्रियाशिल रहेका ओझाले आफुले गरेको कार्यको राज्यले मुल्याँकन गरेको भन्दै खुसी व्यक्त गरे ।

साथै समाजसेवी ओझाले आगामी दिनहरुमा अझ बढी समाजिक क्षेत्रमा कार्य गर्न हौसला मिलेको जानकारी दिए । राष्ट्रपति भण्डारीले विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई सम्मानित गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0