महिलाहरू पनि नगर हाक्न सक्छन् भन्ने शुभ सन्देश दिन उम्मेदवारी दिएकी हुँ ः संगीता भण्डारी

0
37

डडेल्धुरा/ नेकपा एकीकृत समाजवादी पार्टी डडेल्धुराबाट अमरगढी नगरप्रमुखमा उम्मेदवारी दिएकी संगिता भण्डारीले महिलाहरू पनि नगर हाक्न सक्छन् भन्ने देखाउन अमरगढीको मेयरमा उम्मेदवारी दिएको बताएकी छन्।

मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले देशभरी नै महिलाहरूले नगर हाक्न सक्छन् भन्ने शुभ सन्देश दिनको लागि उम्मेदवारी दिएको बताएकी हुन्।

‘महिलाहरू पनि सरकारको प्रमुख पदका दाबेदार हुन सक्छन्। महिलाहरू पनि नगर हाक्न सक्छन्। महिलाहरू पनि नगरको विकास गर्न सक्छन्। भन्ने सन्देश दिनका लागि मेरो उम्मेदवारी हो,’ भण्डारीले भनिन्, ‘हामी महिलाहरू पनि सक्षम छौं। पुरुषसँगै हामी प्रतिष्पर्दा गरेर अगाडी जान सक्छौं।’

पुरुषहरू भन्दा महिला कमजोर छैनन् भनेर देखाउन पुरुषसँगै नगर प्रमुखमा उम्मेदवारी दिएको उनले बताइन्। भण्डारीले विगतमा उपमेयर हुँदै गर्दा भोगेका भोगाइ र सिकाइको आधारमा समृद्ध अमरगढी बनाउने अठोट रहेको बताइन्।

भण्डारी २०७४ को स्थानीय तहको निर्वाचनमा अमरगढीको उपमेयरमा विजयी भएकी थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here