गोदावरीमा ६२ पदका लागि ३०४ जनाद्धारा उम्मेदवारी दर्ता


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको स्थानीय चुनावका लागि ३०४ जनाद्धारा उम्मेदवारी भउको छ । गोदावरी नगरपालिकाको १ मेयर, १ उपमेयर, १२ वडाअध्यक्ष र ४८ जना वडा सदस्य गरी ६२ पदका लागि ३०४ जनाको उम्मेदवारी परेको हो ।

गोदावरी निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा ९ र उपमेयरमा ५ जनाको मनोनय दर्ता भएको छ । त्यस्तै १२ वटा वडा अध्यक्षका लागि ६९ जनाको उम्मेदवारी परेको छ । जनअनुसार वडा नम्बर १ बाट ९, वडा नम्बर २ बाट ५, वडा नम्बर ३ बाट ५, वडा नम्बर ४ बाट ७, वडा नम्बर ५ बाट ७ र वडा नम्बर ६ बाट ४ जनाले उम्मेदवारी गर्दा गरेका हुन ।

त्यस्तै वडा नम्बर ७ बाट ४ जना, वडा नम्बर ८ बाट ५ जना, वडा नम्बर ९बाट ८ जना, वडा नम्बर १० बाट ४ जना, वडा नम्बर ११ बाट ५ जना र वडा नम्बर १२ बाट ६ जनाको उम्मेदवारी परेको गोदावरीका निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले बताएका छन ।

१२ वटै वडामा ४८ वडा सदस्यका लागि २२१ जनाको उम्मेदवारी परेको छ । प्रत्येक वडामा २ खुला सदस्य, १ महिला सदस्य र १ दलित महिला सदस्य निर्वाचित हुने छन । जसअनुसार वडा नम्बर १ बाट सदस्यका लागि २३ जना, वडा नम्बर २ बाट १८ जना, वडा नम्बर ३ बाट १७ जना, वडा नम्बर ४ बाट १९ जना, वडा नम्बर ५ बाट २१ जना र वडा नम्बर ६ बाट १६ जनाले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।
त्यस्तै वडा नम्बर ७ बाट १५ जना, वडा नम्बर ८ बाट २२ जना, वडा नम्बर ९ बाट २० जना, वडा नम्बर १० बाट ११ जना, वडा नम्बर ११ बाट १७ जना र वडा नम्बर १२ बाट २२ जनाले उममेदवारी दर्ता गराएका छन ।

मेयरमा महिलाको उम्मेदवारी शुन्य, वडा अध्यक्षमा ३ जनाद्धारा उम्मेदवार िदर्ता

गोदावरी नगरपालिकाको मेयर पदका लागि ९ जनाको उम्मेदवारी परिरहदाँ पनि महिला भने एक जना पनि छैनन् । २०७४ सालको स्थानीय चुनावमा मेयरमा १० जनाले प्रतिस्प्रर्धा गर्दा २ महिला सहभागी भएपनि यस पटक भने महिलाको उम्मेदवारी नै शुन्य छ । उपमेयरमा भने ५ जना महिलाको उम्मेदवारी रहको छ जसमा पाँचै जना महिला नै रहेका छन ।

१२ वडा अध्यक्षका लागि ६९ जनाको उम्मेदवारी परेको भएपनि त्यसमा महिलाको संख्या ३ जना मात्रै रहेको छ । स्वतन्त्र उम्मेदवारी दिने महिलाहरुमा वडा नम्बर ५ को वडा अध्यक्षका लागि खुस्बु रानाले स्वतन्त्र, वडा नम्बर ७ को वडा अध्यक्षमा कलावती साउँदले नेकपा एमाले र जानकी देवी पाठकले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0