प्रधानमन्त्री देउवाको गाउँपालिकामा २२ वर्षीय युवक अवस्थीद्वारा अध्यक्षका लागि उम्मेदवारी दर्ता

0
100

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्षका लागि २२ वर्षीय युवक टंक अवस्थीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। राष्ट्रिय जनमोर्चा डडेल्धुराका जिल्ला कार्यसमिति सह–सचिव समेत रहेका टंक अवस्थीले सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि उनले भने, ‘यो अन्तिम होइन सुरुवात हो, आन्दोलन हो, युवा पुस्ता र आजको युगको चीत्कार हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here