गोदावरीको मेयरपदमा ९ जना र उपमेयरमा ४ जनाको उम्मेदवारी दर्ता


अत्तरिया / कैलालीको गोदावरी नगगरपालिकाको मेयरमा ९ र उपमेयरमा ४ जनाले उम्मेदवारी दर्ता गरेका छन । गोदावरीको निर्वाचन अधिकृतको कार्यालयमा ७ जनाले दलबाट मेयरमा, २ जनाले स्वतन्त्र मेयरमा र ४ जनाले दलबाटै उपमेयरमा उम्मेदवारी दर्ता गरेका हुन ।

निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीका अनुसार मेयरमा नेकपा एमालेबाट गोकर्ण भट्ट, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बिरेन्द्र भट्ट, नेकपा माओवादीका तर्फबाट बिक्रम बिक, राष्ट्रिय जनमोर्चाबाट हरिकृष्ण पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गा कुमार पोखरेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट राम बहादुर मल्ल, लोकतान्त्रिक समाजवादी पार्टीबाट फकलु चौधरीले उम्मेदवारी दिएका छन । त्यस्तै स्वतन्त्रबाट मेयरमा टेक बिक र मिनी मल्लले उम्मेदवारी दिएका छन ।

त्यस्तै उपमेयरमा नेकपा एमालेबाट शारदा रोकाया, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी रत्ना कडायत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माया बिष्ट र राष्ट्रिय जनमोर्चा पार्टीबाट कल्पना बरालले उम्मेदवारी दर्ता गरेका छन ।

गोदावरीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी बिच गठबन्धन गर्ने सहमति भएपनि उम्मेद्वारी भने दोहोरो उम्मेदवारी परेको छ ।

जसअनुसार कांग्रेसले ११ वडामा वडा अध्यक्षमा उम्मेदवारी दिएको छ । नगर सचिव असोक देवकोटाका अनुसार वडा नम्बर १ मा गोपाल भट्ट, वडा नम्बर २ मा यज्ञ महरा, वडा नम्बर ३ मा तेज मल्ल, वडा नम्बर ४ मा हेम प्रकाश मल्ल, वडा नम्बर ५ मा प्रेम कुमाल, वडा नम्बर ६ मा जय राज फुलारा, वडा नम्बर ७ मा जानकी पाठक, वडा नम्बर ८ मा टेक बहादुर देउवा, वडा नम्बर ९ मा राम लाल राना, वडा नम्बर १० मा रबिन्द्र शाही र वडा नम्बर १२ मा भिम बहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन । सचिव देवकोटाले वडा नम्बर ११ मा प्रेम बडैलाले पनि कांग्रेसकै समर्थनमा उम्मेदवारी गर्दा गराएको भनेपनि उनले भने स्वतन्त्र उम्मेदवारी गर्दा गराएका छन ।

नेकपा माओवादी केन्द्रले गोदावरीका १० वडामा उम्मेदवारी दर्ता गरेको छ । गोदावरीको निर्वाचन अधिकृतको कार्यालयमा माओवादीबाट १० जनाले उम्मेदवारी दर्ता गराएको माओवादीका नगर अध्यक्ष धर्म सिह कुँवरले जानकारी दिएका छन ।
जसअन्तगर वडा नम्बर १ मा दिनेश शाह, वडा नम्बर २ मा धर्म सिह कुवर, वडा नम्बर ३ मा दिनेश कैनी, वडा नम्बर ४ मा मनोहर कुवर, वडा नम्बर ५ मा चन्द्रकान्त भट्ट, वडा नम्बर ६ मा लक्ष्मी राज भट्ट, वडा नम्बर ७ मा खुसी राम चौधरी, वडा नम्बर ८ मा राम प्रसाद चौधरी, वडा नम्बर ९ मा थिग्रा राना र वडा नम्बर १२ मा महेन्द्र अधिकारीले उम्मेदवारी दिएका छन । माओवादी वडा नम्बर १० र ११ मा उम्मेदवारी दिएका छैनन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले गोदावरीका १० वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ । गोदावरीको निर्वाचन अधिकृतको कार्यालयमा समाजबादीबाट १० वडा अध्यक्षले उम्मेदवारी दर्ता गराएका हुन । जस अन्तगर वडा नम्बर १ मा लक्ष्मी पन्त, वडा नम्बर २ मा दुर्गा अधिकारी, वडा नम्बर ३ मा दल बहादुर साउँद, वडा नम्बर ४ मा हरिस बिष्ट, वडा नम्बर ५ मा कर्ण सिह बोहरा, वडा नम्बर ७ मा खड्क सार्की, वडा नम्बर ९ मा बल बहादुर रावल, वडा नम्बर १० मा डबल बिक, वडा नम्बर ११ मा शिव विक र वडा नम्बर १२ मा किसन विकले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन । समाजवादीले वडा नम्बर ६ मा उम्मेदवारी दिएको छैन भने वडा नम्बर ८ मा २ जना सदस्यले मात्रै उम्मेदवारी दिएका छन ।

एमालेबाट स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले गोदावरी नगरपालिका – १ र ४ बाट बागी उम्मेदवारी परेको छ । एमालले वडा नम्बर ४ बाट भीष्म सुवेदीलाई उम्मदेवार बनाएपनि उक्त निर्णयमा अनसन्तुष्ट बनेका बलबहादुर चौधरीले बागी उम्मेदवारी दिएका छन भने वडा नम्बर १ मा कृत बहादुर चन्दले उम्मेदवारी दिएका छन ।

चौधरी एमालेबाट वडा नम्बर ४ को अध्यक्षको उम्मेदवार आफू हुनुपर्ने दाबी गर्दै आएका थिए । अन्तिम समयमा टिकट वितरणमा अन्याय भएको भन्दै उनले गोदावरीको निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन ।

चन्दले पनि वडा अध्यक्षको टिकट वितरण एकलौटी तरिकाले वितरण गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन । उनी २०७४ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0