गोदावरीको मेयरमा बिकले गरे स्वतन्त्र उम्मेदवारी दर्ता


अत्तरिया । गोदावरी नगरपालिकाको मेयरमा टेक विकको स्वतन्त्र उम्मेदवारी परेको छ । नेकपा एकिकृत समाजबादीका गोदावरी नगरकमिटीका अध्यक्ष टेक बहादुर बिकले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
सम्पन्न गोदावरीबासि, सम्बृद्ध गोदावरी भन्ने मुल नाराका साथ गोदावरी को बिकास तथा रुपान्त्रण का लागि आफुले उम्मेदवारी दिएको बताए ।

उनले समाजबादी पार्टी बाट नभै स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेको बताएका छन । गठबन्धनका दलहरु बिच गोदावरीमा एकिकृत समाजबादीलाई उपमेयर दिने समझदारी बनेको थियो । उपमेयरमा भने रत्ना कडायतले मनोनयन दर्ता गरेकी छन् ।
भने अन्य वडाहरुमा पनि वडाअध्यक्षमा विभिन्न व्यक्तीहरुले आफ्नो उम्मेदवारी दर्ता गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0