चुनावमा एकलौटी ढङ्गले भाईभतिजाहरुलाई मात्रै टिकट दिएको भन्दै युवा संघ कैलालीका अध्यक्ष महराले दिए राजिनामा


अत्तरिया : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष गणेश महराले राजिनामा दिएका छन । एमालेका गोदावरी नगरपालिका वडा नं। १ का वडाकमिटि अध्यक्ष समेत रहेका महराले सोमबार एमालेका सम्पुर्ण पदिय जिम्मेवारीबाट राजिनामा दिएका हुन ।

उनले एमालेका गोदावरी नगरकमिटि अध्यक्षलाई पत्र लेख्दै आफुले पार्टीका सम्पुर्ण पदिय जिम्मेवारीबाट राजिनामा दिएको बताएका छन । उनले पार्टी भित्र चरम अवसरवाद तथा नादावाद हावी भएकाले आफुले राजिनामा दिएको पत्रमा उल्लेख गरेका छन ।

उनले पत्रमा लेखेका छन, ‘वैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा पाटीको उम्मेदवारका रुपमा पार्टीका नेतृत्व तहका नेताहरु आफ्ना भाईभतिजाहरुलाई मात्रै अगाडी बढाएको हुँदा पार्टीमा पदिय रुपमा बसेर काम गर्ने अवस्था सृजना नभएकाले पार्टी तथा संगठनका सम्पुर्ण जिम्मेवारी बाट आजकै मितिबाट राजिनामा दिएको कुरा अवगत गराउदछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0