नेपाली कांग्रेसका तर्फवाट गोदावरीको मेयरमा बिरेन्द्र भट्टको उम्मेदवारी दर्ता


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको मेयरमा बिरेन्द्र भट्टले आफ्नो उम्मेदवारी दर्ता गरेको छ । गोदावरी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदमा बिरेन्द्र भट्टले उम्मेदवारी दर्ता गरेका हुन ।

मेयरका उम्मेदवारी भट्ट २०७४ सालको स्थानीयत चुनामा एमालेका मेयर हरी सिह साउँद संग पराजित भएका थिए ।

कांग्रेसका नगर सभापति बिर बहादुर चोखालले कांग्रेसले सबै वडामा पनि आफ्नो उम्मेदवारी दर्ता गरेको बताएका छन । उनले वडामा मित्रवत प्रतिस्प्रधा हुने बताए ।

यद्दपी नगरमा पनि कांग्रेसले उपमेयरमा पनि उम्मेदवारी दिने संकेत गरेको छ । उम्मेदवारी दिने समय सकिएपनि अझै गठबन्धनको टुङ्गो लाग्न सकेको छैन । गठवन्धनका पार्टीहरुले वडामा आ–आफ्नै तर्फवाट उम्मेदवारी दर्ता गरेकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0