गोदावरी नगरपालिकामा एमालेको मनोनयन दर्ता सम्पन्न ( तस्वीर सहित )


अत्तरिया : गोदावरी नगरपालिकामा (नेकपा एमाले) ले मनोनयन दर्ता सम्पन्न गर्ने कार्य गरेको छ । गोदावरी नगरपालिकाको निर्बाचन अधिकृत को कार्यालय मा पुगेर मेयर उपमेयर र वडा अध्यक्षहरु ले मनोनयन दर्ता गरेका हुन । मेयरमा गोकर्ण भट्ट र उपमेयर शारदा रोकायाले मनोनयन गरेका छन् ।

मनोनयन पूर्व पार्टी कार्यालय बनखेतबाट बाजागाजा सहितको र्याली निकालिएको हो । १२ वटै वडा बाट एमाले का समर्थकहरु मनोनयन स्थल पुगेका छन् ।

र्र्याली मा एमाले केन्द्रीय सचिब एबम् सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट , कैलाली इन्चार्ज नारदमुनी राना, प्रदेश सचिब धर्मराज पाठक, प्रदेश सांसद कृष्णराज सुवेदी , गोदावरी का मेयर हरि सिँ साउँदको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0