डडेल्धुराका सातै तहमा उम्मेदवारी दर्ता, कुन स्थानीयतहमा को उम्मेदवार छन ? (नामसहित)

0
905

डडेल्धुराः आसन्न स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा उम्मेदवारी दर्ता शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ।

जिल्लामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तहमा जनप्रतिनिधिका लागि विभिन्न व्यक्तिले उम्मेदवारी दर्ता गराएका छन्।

१. अमरगढी नगरपालिका

अमरगढी नगरपालिका डडेल्धुराको नगर प्रमुखका लागि कांग्रेसबाट डिल्लीराज जोशीले र उपप्रमुखमा पार्वती झुकालले उम्मेदवारी दर्ता गराएका छन्।

दुवैजना पुनः दोहोरिएका हुन्। यसअघिको चुवनामा एमालेका उम्मेदवारसँग जोशी र झुकाल हारेका थिए।

नेकपा एमाले र नेपाली कांग्रेस बिपी गठबन्धनबाट प्रमुखमा कांग्रेस बिपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले जानकारी दिए।

यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शशी अवस्थी, नेकपा ९एकीकृत समाजवादी० बाट प्रमुखमा संगिता भण्डारी र उपप्रमुखमा भुवन पाठक, राप्रपाबाट गोविन्द खडायत प्रमुखमा र उपप्रमुखमा कविता जोशीले मनोनयन दर्ता गराएका छन्।

 

२. परशुराम नगरपालिकाका

परशुराम नगरपालिकाको नगरप्रमुख पदका लागि नेपाली कांग्रेसबाट भरत बडायर जोशी र उपप्रमुखमा कलावती बोहराको उम्मेदवारी परेको छ। २८ वर्षीय जोशीले पहिलो पटक मेयरमा उम्मेदवारी दिएका हुन्। बोहरा भने दोहोरिएकी हुन्। यसअघिको चुवनामा परशुरामको मेयरमा भीमबहादुर साउद र उपमेयरमा बोहराले जितेकी थिइन्।

नेकपा माओवादी केन्द्रबाट प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महताले मनोनयद दर्ता गराएकी छिन्। मालयसअघिको चुनावमा पनि मेयर लडेका थिए। तर साउदसँग थोरै अन्तरले हारेका थिए।

परशुराममा नेकपा एमालेबाट प्रमुखमा केशव बोहरा र उपप्रमुखमा गौमती पन्तले मनोनयन दर्ता गराएको छ।

यस्तै, राष्ट्रय जनमोचर्मा समवन्य समितिबाट मेयरमा लालबहादुर जाग्री र उपमेयरमा नेकपा विप्लव समूहबाट पूर्णिमा धामीले उम्मेदवारी दिएकी छन्। दुवै पार्टीले त्यहाँ वडासम्म तालमेल गरेका छन्।

३. अजयमेरु गाउँपालिका

अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा टेकराज पाण्डेय, उपाध्यक्ष बसन्ती पाल तथा नेकपा एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा नेपाली कांग्रेस बिपीबाट रामचन्द्र ऐरले मनोनयन दर्ता गराएका छन्।

नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडले उम्मेदवारी दिएका छन्। दुवै फेरि चुनाव लड्ने भएका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षमा भट्ट र उपाध्यक्षमा भाड विजयी भएका थिए।

४. नवदुर्गा गाउँपालिका

नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बिष्टले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस बिपीबाट अध्यक्ष गोकुल शाही र उपाध्यक्षमा नेकपा एमालेबाट वीरबहादुर बिष्टले दिएका छन्।

नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा कविन्द्रबहादुर बिष्ट र उपाध्यक्षमा चन्द्रा रुपालीले उम्मेदवारी दिएका छन्। यसअघिको चुनावमा बिष्टले एमालेबाट अध्यक्ष जितेका थिए। उनी फेरि अध्यक्षमा लड्ने भएका छन्। उनी बलिया अरुभन्दा उम्मेदवार हुन्।

नेकपा माओवादी केन्द्रबाट नवदुर्गाको अध्यक्षका लागि धर्म विक र बिस्ना बोहराको उम्मेदवारी परेको छ।

५. आलिताल गाउँपालिका

आलिताल गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट बलबहादुर गुरुङ र उपाध्यक्षमा जला बोगटीको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसले फेरि अध्यक्षमा गुरुङ र उपाध्यक्षमा बोगटीलाई टिकट दिएको हो।

यसअघिको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई थोरै मतले हराउँदै अध्यक्षमा गुरुङ र उपाध्यक्षमा बोगटी निर्वाचित भएका थिए।

नेकपा माओवादी केन्द्रबाट आलितालको अध्यक्षका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मन्जु रावलको उम्मेदवारी परेको छ। नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा तुलाराम बोहरा र उपाध्यक्षमा लक्ष्मी धामी, नेकपा एमालेबाट अध्यक्षमा मीन बोगटी र उपाध्यक्षमा शान्ति भट्ट जोशीले मनोनय दर्ता गराएका छन्। स्वतन्त्रबाट टेकबहादुर खड्काले मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

६. गन्यापधुरा गाउँपालिका

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुरामा नेपाली कांग्रेसबाट अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्ष ज्ञानु सेटीको उम्मेदवारी परेको छ।

नेकपा एकीकृत समाजवादी अध्यक्षमा नरबहादुर बिष्ट र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्ल, नेपाली कांग्रेस बिपीबाट अध्यक्षमा सुरेन्द्र माली र नेकपा एमालेबाट उपाध्यक्षमा इन्द्र महराले मनोनयन दर्ता गराएका छन्।

७. भागेश्वर गाउँपालिका

भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा हेमराज चटौत र उपाध्यक्षमा पुष्पा ठकुराठीको उम्मेदवारी परेको छ। यस्तै, नेकपा एमालेबाट रामबहादुर शाही र उपाध्यक्ष नेपाली कांग्रेस बिपीबाट नरबहादुर ठकुराठीले उम्मेदवारी दिएका छन्।

नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा विष्णु पाण्डेय, उपाध्यक्षमा गीता भट्ट र स्वतन्त्रबाट विष्णुबहादुर ठकुराठीले मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here