कञ्चनपुरमा एकीकृत समाजवादी र माओवादीबीच तालमेल, काँग्रेस एक्लै चुनाव लड्दै


अत्तरिया ः स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा नेपाली काँग्रेसलाई बाहिर राखेर दुई दलबीच चुनावी तालमेलममा सहमति भएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि सहमति भएको हो।

९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ५ स्थानीय तहमा माओवादी केन्द्रले प्रमुख र ४ स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पाउने गरी सहमति भएको हो। यस्तै ६ स्थानीय तहमा माओवादी केन्द्र र तीन स्थानीय तहमा एकीकृत समाजवादीले उपप्रमुख लडाउने सहमति भएको छ।

कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेल्डाँडीमा माओवादी केन्द्र तथा बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनरवास एकीकृत समाजवादीको भागमा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0