एमालेले टुंग्यायो कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवार


कञ्चनपुर– नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लागिसकेको एमाले सुदूरपश्चिमले जनाएको छ। एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी ९कुँवर० लाई उम्मेदवार बनाउने भएको छ।

यस्तै दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, बेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, रमिता राना बडायक र पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुुशिला खत्री तथा बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा, उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाइएको छ।

यस्तै लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेल्डाडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुमारी राना उम्मेदवार बन्ने भएकी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0