गोदावरी नगरपालिकाका ३ वडाध्यक्षले राजिनामा दिए


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ३ जना वडाअध्यक्ष सहित सदस्यहरुले पदबाट राजिनामा दिएका छन । नगरपालिकाको वडा नं. १, २ र १० का वडाध्यक्ष सहित वडासदस्यहरुले आईतबार राजिनामा दिएका हुन ।

उनिहरु सबैले नगरप्रमुख हरि सिँ साउँदलाई राजिनामा बुझाएको बताईएको छ । वडा नं. १ का वडाध्यक्ष शर्मानन्द भट्ट, वडा नम्बर २ का वडाअध्यक्ष कृष्णराज जोशी र वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले आफुलाई राजिनामा बुझाएको नगरप्रमुख साउँदले बताए ।

उनले वडा नं. ४ का वडासदस्य बल बहादुर चौधरी, वडा नं. २ का वडासदस्य कमल कडायत तथा वडा नं. १० का वडासदस्यद्धय ईश्वरी रावल र शेर बहादुर तामाङले पनि राजिनामा बुझाएको उनले बताए । आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिन उनिहरुले राजिनामा दिएको बुझिएको छ ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा वडा नं. १ का वडाध्यक्ष भट्ट नेकपा माओवादी केन्द्र, वडा नं. २ का वडाध्यक्ष जोशी नेकपा एमाले र वडा नं. १० का वडाध्यक्ष शाही नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0