धनगढीको मेयरका लागी स्वतन्त्र उम्मेदवार हमालद्धारा मनोनयन दर्ता


धनगढी – धनगढी उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवार गोपाल हमालले मेयरका लागी उम्मेदवारी दर्ता गरेका छन । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने मूलमन्त्रका साथ हमालले बाजागाजा र (यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका थिए ।

उम्मेदवारी दर्ता पश्चात बोल्दै उनले जनताको चाहना अनुसार आफुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए ।

मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि नलिने घोषणा गरेका उनले धनगढीका जनताले राखेको चाहना अनुसारको प्रतिनिधि आफु भएको जिकिर गरे ।

०७४ सालको चुनावमा पनि हमाल मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए । त्यतिबेला हमाल ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भएका थिए । उनी काँग्रेसका नृपबहादुर वडसंग दुई हजार सात सय मतले पराजित भएका थिए ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अध्यक्षमा बलबहादुर ऐर, ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पदमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारीका लागि मनोनयन दर्ता गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0