कैलालीका ११ पालिकामा एमालेले लगायो उम्मेदवारको टुङ्गो


अत्तरिया– नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । १३ वटा स्थानिय तह रहेको कैलालीका २ पालिका बाहेक अन्यमा एमालेले उम्मेदवारको टुङ्गा लगाएको हो ।

प्रदेश कमिटीका अनुसार गोदावरी नग रपालिकामा गोकर्ण भट्ट मेयर र शारदा रोकाया उपमेयर, भजनी नगरपालिकामा हर्क बुढा मेयर र तुलसी चौधरी उपमेयर, जोशीपुर गाउँपालिकामा केशरबहादुर डगौरा अध्यक्ष र रमादेशी भुल उपाध्यक्ष, कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष र जालुराम चौधरी उपाध्यक्ष तथा बर्दगोरी गाउँपालिकामा कर्ण कुँवर अध्यक्ष र इन्दु चौधरी उपाध्यक्षका उम्मेदवार बन्ने भएका छन् ।

यस्तै टीकापुर नगरपालिकामा श्याम खत्री मेयर र अनुपा केसी उपमेयरका उम्मेदवार बन्ने भएका छन् । यसैगरी लम्कीचुहामा महादेश बजगाईँ मेयर तथा जुना चौधरी उपमयेर, घोडाघोडीमा ममताप्रसाद चौधरी मेयर र करुणा बम उपमेयर र गौरीगङ्गामा पदम सिंगाल मेयर तथा शान्ति सिंह उपमेयरका उम्मेदवार बन्ने भएका छन् ।

धनगढी उपमहानगरपालिकाको भने शनिबार नै केन्द्रले टुंगो लगाएको थियो । धनगढी उपमहानगरपालिकामा मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ । एमालेको प्रदेश कमिटीले मोहन्याल र चुरेबाहेक सबै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0