गोदावरीमा राप्रपाले मेयर, उपमेयर संगै १० वडा अध्यक्षको उम्मेदवारको टुङ्गो लगायो


अत्तरिया : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोदावरी नगरपालिकाको मेयर, उपमेयर संगै १० वटा वडा अध्यक्षको उम्मेदवारको टुङ्गो लगाएको छ । जसअनुसार मेयरका लागि दुर्गा कुमार पोखरेल र उपमेयरका लागि माया बिष्टको एकल नाम रिफारिस भएको छ ।

राप्रपाले १२ वटा वडा मध्ये १० वडाका अध्यक्षको नाम पनि टुङ्गो लगाएको छ । जसअनुसार वडा नम्बर २ मा शेर बहादुर शाही, वडा नम्बर ३ मा प्रकाश कुँवर, वडा नम्बर ४ मा बिराज विष्ट, वडा नम्बर ५ मा हिमाल शाही र वडा नम्बर ६ मा जगत बहादुर साउँदले वडा अध्यक्षका लागि आफ्नो उम्मेदवारी दिदै छन ।

त्यस्तै वडा नम्बर ७ मा आशिस थापा मगर, वडा नम्बर ९ मा हेम बहादुर मल्ल, वडा नम्बर १० मा चक्र माली, वडा नम्बर ११ मा चन्द्र सिह कठायत र वडा नम्बर १२ मा तिलक साउँद राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार बन्दै छन ।

वडा नम्बर १ र ८ मा अझै नाम टुङ्गो लाग्न बाँकी रहेको राप्रपा गोदावरीका अध्यक्ष समेत रहेका पोखरेलले जानकारी दिएका छन । राप्रपा गोदावरीका नगर अध्यक्ष एवं मेयरका उम्मेदवार पोखरेलले बैशाख १२ गते दिउँसो ११ बजे आफ्नो मनोनय दर्ता गर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0