गोदावरीमा एमालेको घोषणा पत्र सार्वजनिक : केबुलकार देखी एक वडा एक उधोग स्थापना गरिने


अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटीले आज घोषणा पत्र सार्बजनिक गरेको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनको लागी पार्टीले बनाएको घोषणा पत्र सार्बजनिक गरिएको नगरकमिटीका सचिब जिबन शाहले बताए ।

शुक्रबार बनखेत स्थित नगरपार्टी कार्यलयमा नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट , पुर्व सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी र नगरपालिकाका मेयर हरि सिं साउँद लगाएतको उपस्थितीमा घोषणा पत्र सार्बजनिक गरिएको हो । एमाले गोदावरीले पार्टी निकट शिकक संगठनका अगुवा नेता नरेन्द्र शर्माको संयोजकत्वमा घोषणा पत्र निर्माण समिती बनाएको थिए ।

घोषणा पत्रमा के के छन् त ?
–गोदावरी धाम बिकास समिती बनाएर पर्यटन क्षेत्रको बिकास गर्ने।
– गोदावरी नगरपालिकाको बाह्य रिङरोड निर्माणको पहल गर्ने ।
– ठुलीगाडको पानी गोदावरीमा वा खुटियामा ल्याउने दिर्घकालिन योजना निर्माण गर्ने ।
– अत्तरिया बजार देखी पश्चिम तर्फ रहेको गोदावरी नदीको किनाराबाट तटबन्धन गर्ने र सोही माथिबाट सडक निर्माण गरेर उत्तर गोदावरी सम्मको बाटो बनाउने ।
– गोदावरी देखी बुढेतोला सम्म केबल कार निर्माणको लागी संघ सरकार सँग समन्वय गर्ने ।
– तारागढी किल्ला र गोदावरी (१२ मा रहेको नायल तालको संरक्षण गरिने ।
– करको दायारा बढाउने दर घटाउने।
– गोदावरी नगरपालिका भित्र २ हजार क्षमताको सभाहल निर्माण गरिने।
– गोदावरीमा ब्यबस्थित धर्म शाला बनाइने ।
– छाडा पशु चौपाया नियन्त्रणको लागी ब्यबस्थित गौशालाको निर्माण गरिने ।
– सबै नदीहरुमा तटबन्धन गरिने
– ५ बर्ष भित्र नगरका सबै धुले सडकहरुलाई ग्राबेल, ग्राबेललाई पिच गरिने
– १२ सम्म निशुल्क शिक्षा
– नगर भित्र अत्याधुनिक सुबिधा भएको एम्बुलेन्स राखिने
– गोदावरीका नागरिकको लागी निशुल्क शब बाहान रखिने
– एक घर एक रोजगार
– एक घर एक धारा
– एक वडा एक उधोग स्थापना गरिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0