कैलालीको मोहन्यालमा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

0
43

अत्तरिया : कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भने, एकजना घाइते भएका छन्। जिल्लाको मोहोन्याल गाउँपालिका वडा नम्बर ५ सिंहासन सामुदायीक वनको कच्ची सडकमा म १ क ४०७ नम्बरको मिनीट्रक दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक गौरीगंगा नगरपालिका ४ बस्ने छम्मन प्रसाद सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकास जोशीले बताए। उनका अनुसार घाइते सोही ठाउँका गोविन्द गुरुङको नवजिवन अस्पतालमा उपचार भइरहेको छ।
ट्रक अनियन्त्रत भई १२० मिटर तल खसेको र घटनाको थप अनुसन्धान गरिरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here