कञ्चनपुरमा हात्ती धपाउन विद्युतीय साइरन जडान


कञ्चनपुर – हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका ८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा हात्ती छिरेर नोक्सान पुर्याउने भएकाले साइरन जडान गरिएको हो । ‘बस्ती नजिकै हात्ती देखिनासाथ साइरनको स्वीच थिन्छि’, बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुरसिंह महराले भने, ‘आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहन्छन् । यसबाट बालीनालीसँगै ज्यान जोगाउन सहज हुन्छ ।’ साइरनको आवाज तीन किलोमिटर सम्म सुन्न सकिन्छ । साइरन बजाउनका लागि एक जना कर्मचारीको समेत व्यवस्था गरिएको छ ।

सामुदायिक वन समन्वय समिति (सीएफसीसी) बाणि र तराइ भू परिधि कार्यक्रम (ताल)को सहयोगमा जंगली हात्ती नियन्त्रण पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ । साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटा लगायत तीन ठाउमा जडान गरिएको छ ।

भारतको दुधुवा नेसनल पार्क हुँदै चुरे क्षेत्रसम्म आइपुग्ने हात्तीको बथानले स्थानीय किसानले खेतमा लगाएको अन्नबाली खानुका साथै प्रत्येक वर्ष मानवीय र भौतिक क्षति पुर्याउँदै आएको छ । साइरन जडानको कार्यले जंगली हात्तीका कारण हुने क्षति न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0