थरुहट आन्दोलनका अगुवा लाहुराम चौधरीको निधन

0
142

अत्तरिया– थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभात चौधरीले जानकारी दिए।

केही दिन अगाडि धनगढीस्थित ट्राफिक चौराह नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनको टाउको, खुट्टा र आँखामा गम्भीर चोट लागेको थियो।

उनी थरुहट आन्दोलनका अगुवा थिए। ०७२ साल भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि उनी तीन वर्ष जेल बसेर रिहा भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here