डोटीका ५ पालिकामा एमालेले लगायो आफ्ना उम्मेदवार हरुको टुङ्गो

0
109

अत्तरिया / नेकपा एमालेले डोटीका पाँच गाउँपालिकाका अध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ। जोरायल गाउँपालिका, आदर्श गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, केआईसिंह गाउँपालिका र सायल गाउँपालिकामा एमालेले उम्मेदवार टुंगो लगाएको हो।

जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझालाई सर्वसम्मत उम्मेदवार बनाएको छ। ओझा गत निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए। यसैगरी सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेललाई उम्मेदवार बनाइने भएको छ। उनी ०७४ को निर्वाचनबाट निर्वाचित अध्यक्ष हुन्।

आदर्श गाउँपालिकाको अध्यक्षमा डम्मरबहादुर वलीलाई उम्मेदवार बनाइएको छ। उक्त्र गाउँपालिकाको अध्यक्षका लागि तीन जनाको दाबी परेको थियो। गाउँ कमिटीका पदाधिकारी र सदस्यहरुले गरेको मतदानमा ४१ मत प्राप्त गरी वली अध्यक्षको उम्मेदवारका लागि छानिएका हुन्। एमाले डोटी जिल्ला कमिटी सदस्य समेत रहेका वली २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको गिरीचौका गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए।

यस्तै, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्षका लागि हस्तबहादुर बुढालाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ भने केआईसिंह गाउँपालिकाका लागि तेजबहादुर माझीलाई सर्वसम्मत चयन गरिएको छ।

एमालेले पाँच गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार पनि छानेको छ। सायल गाउँपालिका उपाध्यक्षमा विष्ना सिंहलाई सर्वसम्मत चयन गरिएको छ। सिंह यसअघि पनि उपाध्यक्षमा बिजयी भएकी थिइन्। यस्तै जोरायल गाउँपालिकाको उपाध्यक्षमा जमुना बोहरालाई नै दोहोर्याइएको छ।

पूर्वीचौकी गाउँपालिकाको उपाध्यक्षमा पनि गत स्थानीय तहको निर्वाचनमा निर्वाचित निर्मला साउँदलाई दोहोर्याएको छ। केआई सिंह गाउँपालिकाको उपाध्यक्षका लागि धनादेवी कुँवरलाई र बढीकेदार गाउँपालिकाका लागि सपना सिराडीलाई एमालेले छानेको छ।

एमाले डोटीका सचिव शेरबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सबैभन्दा बढी ६ जना आकांक्षी छन्। बहालवाला नगर प्रमुख मन्जु मलासी, सच्चिदानन्द जोशी, पूर्णराज जोशी, लक्ष्मण मलासी, सशी सोव र प्रेमबहादुर नेपालीको नगर प्रमुखमा दाबी छ भने उपप्रमुखमा जानकी भट्ट, दीर्घ नेगी र लोकबहादुर खड्काको दाबी छ।

शिखर नगरपालिकाको प्रमुखमा जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐर र भिमबहादुर बलायर र उपप्रमुखमा बलायर, लक्ष्मी मल्ल र रमा सुताराको दाबी छ। पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा डम्मर डौडी, कृष्णकुमार खड्का र भरतबहादुर बोहरा र बडीकेदार गाउँपालिकाको अध्यक्षमा चक्र घर्ती, तिलक मल्ल र लालबहादुर ताडीको नाम सिफारिस भएको छ।

आदर्श गाउँपालिकाको उपाध्यक्षका लागि बहालवाला उपाध्यक्ष कमलादेवी ओझा, देवकी बोहरा, जानकी खड्का र शोभा सिंहको दाबी छ भने बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा ज्ञानु बम र विमला बमले दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here